31
Jul
CIP सम्मानित व्यवसायीहरूसँग हस्तकला क्षेत्रमा अन्तरक्रिया तथा कृतज्ञता कार्यक्रम
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीज्यूको प्रमुख आतिथ्यतामा "CIP सम्मान" बाट सम्मानित विशिष्ट व्यक्तित्वहरू, संघसंस्था, र हस्तकला उद्योग तथा व्यवसाय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने सरोकारवालाहरूको उपस्थितिमा २०८२ साल श्रावण ९ गते “हस्तकला क्षेत्रको वर्तमान अवस्था र चुनौती” विषयक अन्तरक्रिया एवं बधाई ज्ञापन कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा नेपाल हस्तकला महासंघको तर्फबाट माननीय मन्त्रीज्यूलाई कृतज्ञता पत्र प्रदान गरिनुका साथै CIP विजेता व्यवसायीहरूलाई बधाई पत्र प्रदान गरिएको थियो।