नेपाल उद्योग परिसंघद्वारा नवगठित महासंघ कार्य समितिको स्वागत तथा बधाई कार्यक्रम
नेपाल हस्तकला महसंघको नवगठित कार्य समितिको सम्मानमा नेपाल उद्योग परिसंघ (CNI) बाट २०८२ बैशाख ५ गते शुक्रबार स्वागत तथा बधाई ज्ञापन कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा परिसंघका अध्यक्ष श्री राजेश कुमार अग्रवालले महासंघको नवगठित कार्य समितिलाई स्वागत गर्नु भएको थियो । उहाँले दुवै छाता संस्था साझा ब्यवसायिक मुद्दाहरुमा निरन्तर संवाद गरि अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । नेपाल हस्तकला महासंघका अध्यक्ष श्री रबिन्द्र शाक्यले परिसंघबाट अगाडि बढाईएको Make in Nepal “स्वदेशी” अभियानको उद्देश्य अनुरुप उक्त अभियानलाई सार्थक तुल्याउन हस्तकला क्षेत्रलाई पनि जोडेर लैजानु पर्ने विचार ब्यक्त गर्नु भयो । साझा ब्यवसायिक मुद्दाहरुमा संयुक्त रुपमा पैरवी गर्न र दुवै संस्थाहरु बीच आपसी सहयोग तथा सहकार्यको लागि समझदारी (MOU) गरि अगाडि बढ्नु पर्ने कुरामा पनि उहाँले जोड दिनु भयो । उक्त कार्यक्रममा महासंघको नवगठित कार्य समितिका पदाधिकारीहरु तथा कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
Link