नेपाल हस्तकला महासंघको त्रिवर्षिय रणनीति योजना निर्माण गोष्ठी फागुन १६गते सम्पन्न भएको छ
नेपाल हस्तकला महासंघको त्रिवर्षिय रणनीति योजना निर्माण गोष्ठी फागुन १६गते सम्पन्न भएको छ । गोष्ठीमा महासंघका अध्यक्ष रविन्द्र शाक्यले हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिलाउने, हस्तकला नीति पुनरावलोकन गर्ने, आन्तरिक बजार विकास गर्ने, निर्यात व्यापार बढाउने, छुट्टै विभाग स्थापना गर्ने, अनलाइन भुक्तानी सरल बनाउने, अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने, हस्तकला ग्राम स्थापना गर्ने लगायतका योजनाहरू प्रस्तुत गर्नुभयो ।
विभिन्न परिषद्का सभापतिहरूले पनि आ–आफ्नो तीन वर्षे कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष इन्द्र बहादुर शाक्यले उद्घाटन मन्तव्य राख्दै महासंघको सवलीकरणमा जोड दिनुभएको थियो ।
गोष्ठीमा, कार्य समिति, पूर्व अध्यक्षहरु, जिल्ला तथा वस्तुगत संघ निर्यातकर्ता, उद्यमी ब्यवसायी कलाकार, कर्मचारी सहित करिव ७० जनाको सहभागिता रहेको थियो र सहभागीहरूबाट प्राप्त सुझावका आधारमा योजनालाई अन्तिम रूप दिइएको थियो ।
link