Our Events and Activities

हस्तकला ग्राम स्थापना तथा संचालन नियमावलीका सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम

बागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयद्वारा नेपाल हस्तकला महासंघसंगको सहकार्यमा मिति २०८१ फागुन ५ गते सोमबार ललितपुरमा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननीय श्री शुकमाया तामाङ्गको प्रमुख आतिथ्यतामा हस्तकला ग्राम स्थापना तथा संचालन नियमावलीका सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा महासंघका अध्यक्ष श्री रविन्द्र शाक्य, निवर्तमान अध्यक्ष श्री प्रचण्ड शाक्य लगायत पदाधिकारीहरु, पूर्व अध्यक्ष र कार्यसमिति सदस्यहरुले हस्तकला ग्राम संचालन ऐनको कार्यान्वयन र हस्तकला ग्राम संचालनको प्रभावकारिता बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । उक्त अवसरमा महासंघद्वारा तयार गरिएको हस्तकला ग्राम संचालन नियमावली सम्बन्धी सुझाव महासंघको अध्यक्षज्यूले बागमती प्रदेश सरकार उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री श्री शुकमाया तामाङ्गज्यूलाई हस्तान्तरण गर्नु भएको थियो । महासंघबाट तयार गरिएको सुझाव बागमती प्रदेश सभाका पूर्व सदस्य श्री माधव प्रसाद पौडेलले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।