11
Feb
नेपाल हस्तकला महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरुको सम्मान
नेपाल हस्तकला महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरुको सम्मानमा महासंघको वस्तुगत सदस्य नेपाल हस्तकला कालिगढ संघबाट महासंघको सभा हलमा आज मिति २०८१ माघ २९ गते मंगलबारका दिन स्वागत तथा बधाई कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा नेपाल हस्तकला महासंघ र नेपाल हस्तकला कालिगढ संघ बीच आगामी दिनमा हस्तकला क्षेत्रको विकासमा ऐक्यवद्ध भई अगाडि बढ्नु पर्ने सम्बन्धमा महासंघका नवनिर्वाचित अध्यक्ष श्री रविन्द्र शाक्य र नेपाल हस्तकला कालिगढ संघका अध्यक्ष श्री दिपक विश्वकर्माले आ–आफ्ना धारणा राख्नु भएको थियो ।