10
Feb
नेपाल हस्तकला महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरुको सम्मान
नेपाल हस्तकला महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरुको सम्मानमा ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रबाट केन्द्रको कार्यालयमा आज मिति २०८१ माघ २८ गते सोमबारका दिन स्वागत तथा बधाई र अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा हस्तकलाको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन एवं केन्द्र तथा महासंघ बीच आगामी दिनमा यस क्षेत्रमा हुनु पर्ने सहकार्यका विविध पक्षमा केन्द्रका कार्यकारी निर्देशक श्री शरद विक्रम राणा र महासंघका नवनिर्वाचित अध्यक्ष श्री रविन्द्र शाक्य र निवर्तमान अध्यक्ष श्री प्रचण्ड शाक्यले आ–आफ्ना धारणा राख्नु भएको थियो ।




