02
Feb
स्वर्गीय चिनी काजी ताम्राकारमा भावपूर्ण श्रद्धाञ्जली
नेपाल हस्तकला महासंघबाट Life Time Achievement Award बाट सम्मानित वरिष्ठ कलाकार स्वर्गीय चिनी काजी ताम्राकारको निवासमा आज मिति २०८१ माघ २० गते आईतबार, महासंघका अध्यक्ष श्री रविन्द्र शाक्य, निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, कार्य समिति सदस्यहरु, कला तथा शिल्प परिषद्का सभापति तथा सदस्यहरु, महानिर्देशक लगायत कर्मचारीहरु सम्मिलित टोलीबाट उहाँको निवास स्थानमा गई उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी उहाँको शोक सन्तप्त परिवारका सदस्यहरुमा हार्दिक समवेदना प्रकट गरियो ।