Our Events and Activities

सेरामिकजन्य वस्तु उत्पादनको लागि ४५ दिने उच्चस्तर सीप प्रशिक्षण सफलतापूर्वक सम्पन्न

काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभागको सहयोगमा नेपाल हस्तकला महासंघ, कला तथा शिल्प परिषद्बारा संचालन गरिएको सेरामिकजन्य वस्तु उत्पादनको लागि ४५ दिने उच्चस्तर सीप प्रशिक्षण सफलतापूर्वक सम्पन्न भई मिति २०८१ आषाढ १३ गतेका दिन काठमाडौं महानगरपालिकाका उपप्रमुख श्री सुनिता डंगोलको प्रमुख आतिथ्यतामा काठमाडौंको गहना पोखरी, हाँडीगाउँमा समापन भयो । महासंघका अध्यक्ष श्री प्रचण्ड शाक्यको सभापतित्वमा संचालित उक्त कार्यक्रमकाे दौरान प्रशिक्षार्थीहरुबाट तयार गरिएका आकर्षक सेराकिजन्य विभिन्न परम्परागत, उपयाेगी बस्तुहरुको समेत प्रदर्शनी गरिएको थियो ।





Link