Our Events and Activities

नेपालका लागि थाइल्यान्डका महामहिम राजदूतसंग महासंघका पदाधिकारीहरुको भेटवार्ता

नेपालका लागि थाइल्यान्डका महामहिम राजदूतसंग महासंघका पदाधिकारीहरुको भेटवार्ता

नेपाल र थाइल्याण्ड बीच हस्तकला सम्बन्धी कला शील्प तथा प्रविधि आदान प्रदान लगायत विषयमा २०७९ आषाढ १ गते, बुधबार नेपालको लागि थाइल्याण्डका महामहिम राजदूत भोसिता भोरासाफले नेपाल हस्तकला महासंघको पदाधिकारीहरु बिच भेटवार्ता र छलफल भएको थियो । महामहिम राजदूत लगायत उहाँकि धर्मपत्नी र थाइल्याण्डको शाही राजदूतावासका नियोग उपप्रमुख (Deputy chief of Mission) लाई  महासंघमा स्वागत गरिएको छ ।

महासंघमा भएको भेटवार्ता पश्चात महामहिम राजदूतद्धारा ललितपुरको कनिबहाल र ओकुबहालका स्थानीय कलाकार तथा कालिगढहरुको कार्यशालामा धातु पाता एवं मैनबाट गरिने धातुकला ढलाई सम्बन्धी जीवन्त कार्यको अवलोकन गर्नु भएको थियो ।





Link