Our Events and Activities

उत्कृष्ट कलाकार सम्मानको लागि आवेदन दिने सम्बन्धमा

श्री आदरणीय सदस्य महानुभावहरु

 

विगतका वर्षमा झैं यस वर्ष पनि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धन कार्यमा निरन्तर कृयाशील भई विशेष योगदान पु¥याउनु हुने उत्कृष्ट कलाकारलाई उहांको योगदानको कदर गर्दै आगामी २०७८ मंसिर ३ देखि ५ गते सम्म हुने १८ औं हस्तकला ब्यापार मेला तथा १६ औं कला प्रतियोगिताको समुद्घाटन समारोहमा सम्मान गरिने कार्यक्रम रहेको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छु ।

 

तसर्थ माथि उल्लेखित प्रयोजनको लागि यसै साथ संलग्न आवेदन÷प्रश्नावली भर्नु भई यही २०७८ कार्तिक १४ गते आईतबार दिनको ५ः०० बजे भित्र कुन प्रयोजनको लागि निवेदन राखिएको हो सोको ब्यहोरा खुलाई  शिलबन्दी खाममा महासंघको सचिवालयमा उपलब्ध गराई दिनुहुन बिनम्र अनुरोध गर्दछु ।

 

आवेदन÷प्रश्नावली भर्दा विचार पु¥याउनु पर्ने कुराहरु ः

क) आवेदन÷प्रश्नावली भरी तोकिएको अवधि भित्र महासंघमा बुझाउनु पर्ने छ ।
ख) आवेदन÷प्रश्नावलीमा आप्mनो उत्कृष्ट कार्य, योगदानबारेमा बढी भन्दा बढी विवरण उल्लेख गर्नु पर्ने छ ।

 

तपाई आफै आवेदन गर्न इच्छुक नभएमा उत्कृष्ट कलाकार सम्मानको लागि तपाईलाई उपयुक्त लागेको कलाकारको नाम सिफारिस गरी दिनुहुन समेत अनुरोध गर्दछु ।


                                                                                                                 
                                                                                                                
 तारक थापा
 महानिर्देशक