Our Events and Activities

अनलाइन माध्यमबाट नेपाली हस्तकला वस्तु सम्बन्धी प्रचार

अनलाइन माध्यमबाट नेपाली हस्तकला वस्तु सम्बन्धी प्रचार गरी व्यापार अभिबृद्धिका लागि वैकल्पिक बजार प्रवद्र्धन गर्दै जाने क्रममा मिति २०८१-११-२१ गतेका दिन महासंघका उपाध्यक्ष एवं कला तथा शिल्प परिषद्का सभापति र Termatree नामक संस्थाका प्रतिनिधिहरु बीच महासंघमा भेटवार्ता सम्पन्न भयो । सो क्रममा महासंघमा आबद्ध सदस्य कलाकार, उद्यमीहरुलाई अनलाइन मार्फत बजार प्रवद्र्धन प्रविधि एवं प्रक्रिया बारे जानकारी गराउन अन्तरक्रिया र अभिमुखीकरण गरी सम्भाव्य कलाकार उद्यमीहरुको हस्तकला सम्बन्धी उत्पादन, सिर्जनाहरुको बजार प्रवद्र्धनको लागि पहल गर्दै जाने छलफल तथा सहमति भयो ।