Our Events and Activities

रक्तदान कार्यक्रम सम्बन्धमा

मिति ः २०७८।०२। २१
श्री आदरणीय सदस्य महानुभावहरु
नेपाल हस्तकला महासंघ ।
 
विषयः रक्तदान कार्यक्रम सम्बन्धमा ।
 
कोभिड १९ को दोस्रो लहरबाट संक्रमित विरामीहरुको उपचारमा रगतको कमी भएको  अवस्थालाई ध्यानमा राखि सामाजिक उत्तरदायित्वको भावनाबाट रक्तदान जीवन दान भन्ने मान्यताबाट हस्तकला वर्षको अवसरमा यस महासंघको उद्योग परिषद अन्र्तगतको महिला उद्योग विकास समितिको संयोजनमा निम्न मिति, समय र स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिने व्यहोरा अनुरोध गर्दछौं । अहिलेको विषम् अवस्थामा स्वास्थ्य मापदण्ड अपनाउँदै उक्त कार्यक्रमा सहभागी भई रक्तदान गरी दिनुहुन हार्दिक अनुरोध गर्दछौं । 
 
कार्यक्रमको संक्षिप्त विवरण ः
मितिः २०७८ जेष्ठ २५ गते मंगलबार ।
समयः विहान ८ः००बजे देखि ११ः००बजे सम्म
स्थानः नागबहाल, ललितपुर
 
ऋषिराज सुवेदी
निमित महानिर्देशक
 
बोद्यार्थः
श्री अध्यक्षज्यू, श्री पदाधिकारीज्यूहरु 
तथा श्री कार्य समिति सदस्यज्यूहरु
 

Federation of Handicraft Associations of Nepal
Kathmandu, Nepal
GPO Box No.: 784
Tel no. 977–1–4244231, 4245467
Fax : 977–1–4222940
Email:  info@fhan.org.np  fhan1972@gmail.com,
URL: http://www.fhan.org.np