Our Events and Activities

नेपाल सरकारका उद्योग मन्त्रीसँग हस्तकला महासंघको भेटवार्ता

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री दामोदर भण्डारीसँग उहाँकै कार्यकक्षमा नेपाल हस्तकला महासंघका अध्यक्ष श्री रविन्द्र शाक्यको नेतृत्वमा गएको टोलीबाट आज मिति २०८२ वैशाख ७ गते भेटवार्ता गरियो । उक्त भेटवार्तामा हस्तकला क्षेत्रको अल्पकालिन तथा दीर्घकालिन विकासको लागि नेपाल सरकारबाट सम्बोधन गर्नुपर्ने नीतिगत तथा प्रक्रियागत व्यवस्थाका सम्बन्धमा विचार विमर्श भयो । उक्त भेटवार्तामा महासंघका पदाधिकारीहरू तथा कार्यसमिति सदस्यहरु र महानिर्देशकको सहभागिता रहेको थियो ।


Link