समझदारी पत्रमा हस्ताक्षर सम्पन्न
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय, नेपाल ब्यवसायिक प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासंघ बीच हस्तकला क्षेत्रमा सीप बिकास, सीप अभिबृद्धि र रोजगारी सिर्जना सम्बन्धी तालीम लगायतका विषयहरुमा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक श्री रमेश बहादुर बखती र महासंघका तर्फबाट अध्यक्ष श्री रबिन्द्र शाक्यबाट नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालयमा एक कार्यक्रमका बीच हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा माननीय श्रम तथा रोगजार मन्त्री श्री शरद सिहं भण्डारीको पनि समुपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले हस्तकला क्षेत्रको विकासले नेपाल सरकारको आन्तरिक रोजगारी दशक सफल बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
Link