नेपाल हस्तकला महासंघमा चीनबाट आउनुभएका तिनिधिहरु सँग छलफल
२०८१ फागुन २८ गते बुधबार नेपाल हस्तकला महासंघमा चीनबाट आउनुभएका Mr. Yong Jin, Founder and International Coordinator of GSD Group र Wenzhou City Government का प्रतिनिधिहरुले महासंघका अध्यक्ष श्री रविन्द्र शाक्यज्यूसंग भेटघाट गरि द्धिपक्षीय हितका विविध विषयहरु माथि छलफल भयो । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य तथा उपाध्यक्षहरु किरण कुमार स्थापित, श्रीकृष्ण प्रजापति र सविता सिं महर्जनको समेत उपस्थित रहेको थियो ।
सो भेटवार्ता पश्चात् महासंघको समन्वयमा उक्त प्रतिनिधि मण्डलले ललितपुर महानगरपालिकाका कार्यवाहक प्रमुख श्री मञ्जली शाक्यज्यूसंग वहाँकै कार्यकक्षमा भेटघाट भएको थियो । सो भेटमा Wenzhou City Government र ललितपुर महानगरपालिका बीच हुनसक्ने द्धिपक्षीय हितका विषयमा छलफल गरिएको थियो ।


Link


