Our Events and Activities

नेपाल चेम्बर अफ कमर्सको तर्फबाट स्वागत तथा बधाई कार्यक्रम

नेपाल हस्तकला महासंघको ४४ औँ वार्षिक साधारण सभाबाट निर्वाचित हुनु भएका अध्यक्ष श्री रविन्द्र शाक्य लगायत पदाधिकारीहरुको सम्मानमा नेपालको अग्रणी ब्यापारिक संस्था नेपाल चेम्बर अफ कमर्सको तर्फबाट आज मिति २०८१ माघ १० गते बिहिबार चेम्बर भवन, कान्तिपथ, जमलमा स्वागत तथा बधाई कार्यक्रम आयेजना गरियो । उक्त अवसरमा आपसी हित, सहयोग र सहकार्य गरि दुबै संस्थाहरु अघि बढ्नु पर्ने र व्यवसायिक समस्याहरुको संवोधनको लागि नेपाल सरकार समक्ष पैरबी (Advocacy) गर्नु पर्ने विषयमा दुबै संस्थाका अध्यक्षहरुबाट विचार ब्यक्त भयो ।