हार्दिक कृतज्ञता तथा आभार
नेपाल हस्तकला महासंघद्वार चीनको बेइजिङ्ग स्थित EAST CULTURAL TOURISM ALLIANCE (ECTA) को सहकार्यमा २०८१ पौष ३ गते बुधबार नेपाल संवत् ११४५ थिंल्लागा द्वितीय, (डिसेम्बर १८, २०२४) का दिन होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौँमा नेपाल–चीन संस्कृति तथा पर्यटन सम्मेलन सफलापूर्वक भब्य रुपमा सम्पन्न भएको छ ।
उक्त सम्मेलनको एक विशेष समारोहका बीच समुद्घाटन गरी संस्कृति पर्यटन प्रवद्र्धनमा नेपाल सरकारको तर्फबाट स्पष्ट धारणा सहित कार्यक्रमको समुदुघाटन गरि दिनु भएकोमा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्री प्रसाद पांण्डे प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौँ । त्यसैगरी सम्मेलनमा सहभागी हुनु भएका संघ तथा प्रदेशका माननीय सांसदहरु, पूर्व मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकृतहरु, चिनीयाँ प्रतिनिधि मण्डलका सदस्यहरु, राजनीतिक पार्टीका नेताहरु, स्थानीय सरकारका प्रमुख, उपप्रमुखज्यूहरु, कुटनीतिक नियोगका पूर्व प्रतिनिधिहरु, धार्मिक, सामाजिक तथा सांकृतिक क्षेत्रका अगुवाहरु, नागरिक समाज, महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु, हस्तकला क्षेत्रका अग्रणी, उद्यमी ब्यवसायी, निर्यातकर्ता कलाकार, कालिगढ, संचारकर्मी लगायत प्रत्यक्ष र अप्र`त्यक्ष रुपबाट सम्मेलन सफल तुल्याउन आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग पु¥याउनु हुने सबैमा नेपाल हस्तकला महासंघको तर्पmबाट हार्दिक कृतज्ञता सहित आभार प्रकट गर्दछौँ ।
Link


