Our Events and Activities

सप्तपुर महाविहार चिकँःबहिको अध्ययन अवलोकन

महासंघको कला तथा शिल्प परिषद्को आयोजनामा मिति २०८१ भाद्र १४ गतेका दिन ललितपुर च्यासल स्थित सप्तपुर महाविहार चिकँःबहिको सम्पदा, ऐतिहासिक पक्ष तथा लुःचि चैत्य निर्माण साधना अभ्यास सम्बन्धी अध्ययन अवलोकन गरियो । यस क्रममा उक्त विहार सुधार समितिका अध्यक्ष र श्रोत ब्यक्तीबाट विहारको परिचय ऐतिहासिक महत्व, सम्पदा र लक्ष्य चैत्य निर्माण प्रचलन सम्बन्धी विभिद जानकारी गराउनुभएको थियो ।

उक्त अवसरमा सहभागीहरुबाट लक्ष्य चैत्य निर्माण साधना गरी पू्ण्य संचितको कार्य गर्नुभएको थियो । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कार्यसमिति सदस्यहरु, परिषद् सदस्य तथा विभिन्न विधामा संलग्न कलाकार उद्यमी ब्यवसायीहरु गरी करिव ४० जनाको सहभागिता रहेको थियो ।





Link