नेपाल हस्तकला महासंघ र टुरिष्ट बस एशोसिएसन् अफ नेपालका बीचमा एक समझदारि पत्र (MOU)
यस नेपाल हस्तकला महासंघद्वारा यही २०८० मंसिर ७ देखि ११ गते सम्म होटल अन्नपूर्ण दरबारमार्ग, काठमाडौंमा २०औं हस्तकला ब्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना हुदैं छ ।
सो ब्यापार मेलामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरु लाई भित्राउनुको साथै आन्तरिक र बाह्य पर्यटनमा समेत सघाउ पुयाउने उद्देश्यबाट आज मिति २०८० आश्विन २६ गते शुक्रबार, नेपाल हस्तकला महासंघ र टुरिष्ट बस एशोसिएसन् अफ नेपालका बीचमा एक समझदारि पत्र (MOU) नेपाल हस्तकला महासंघको सचिवालयमा सम्पन्न भएको छ । महासंघको अध्यक्ष श्री प्रचण्ड शाक्य र टुरिष्ट बस एशोसिएसन् अफ नेपालका अध्यक्ष श्री कृष्ण आचार्यको उपस्थितिमा महासंघको तर्फबाट निमित्त महानिर्देशक श्री ऋषिराज सुवेदी र टुरिष्ट बस एशोसिएसन अफ नेपालको तर्फबाट महासचिव श्री मिलन नेपालले समझदारि पत्रमा हस्ताक्षर गर्नु भएको छ ।