13
Jun
माटोको भाँडा कुडा बनाउने प्रशिक्षण
मिति २०८० जेष्ठ २८ गते आईतबार, माटोको भाँडा कुडा बनाउने प्रशिक्षणका सहभागीहरुलाई उत्पादन प्रक्रिया तथा प्रविधिको स्थलगत अवलोकन गराई थप जानकारी प्रदान गर्न र उत्साह बढाउन मध्यपुर थिमी स्थित ५ - ६ वटा स्थानीय उद्योगहरु ः थिमी सेरामिक, सेरामिक सहकारी संस्था तथा नेपाल सेरामिक संघहरुको अवलोकन गराईएको थियो । साहि क्रममा त्यहाँका अध्यक्ष श्री हरी गोविन्द प्रजापतीज्यू र श्री कृष्ण प्रजापतिज्यूले विषयगत जानकारी पनि दिनुभएको थियो ।


Link


