Our Events and Activities

नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय ब्यापार र अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन

नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय ब्यापार र अन्तर्राष्ट्रिय बजार प्रबद्र्धनमा समेत सहयोग पु¥याउने, निर्यात योग्य वस्तु उत्पादन गर्ने उद्यमीहरुलाई प्रोत्साहित गर्ने, स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा समन्वय र सामिप्यता वढाई आपसी अनुभव ज्ञान, सीप र प्रविधिको आदान प्रदान गर्ने आदि उद्देश्यहरुका साथ विगतका वर्षहरुमा जस्तै यस वर्षको संस्करण १९औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता  आयोजना गरिने व्यहोरा सम्पूर्ण सदस्य महानुभावहरुमा जानकारी गराउद्छौ । विगतका ब्यापार मेलाहरु भन्दा केही नयाँ अवधारणा र आकर्षणको साथ आयोजना गर्न लागिएको आसन्न ब्यापार मेला तथा हस्तकला प्रतियोगिताले यस क्षेत्रमा थप ब्यापारिक उर्जा प्रदान गर्न सहयोग पुयाउने हामीले विश्वास लिएका छौं ।

सिमित संख्यामा स्टल उपलब्ध रहेको यस मेलामा सहभागी हुन ईच्छुक आदरणीय सदस्य एवं गैर सदस्य महानुभावहरुले यथाशीघ्र व्यवसायिक लाभ प्राप्त गर्ने लक्ष्य सहित मेलामा सहभागिताको लागि आवेदन दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
सम्पर्कको लागि नेपाल हस्तकला महासंघ
५३४३४४८ / ५३४४२३१ / ५३४५४६७ / ५३४३०१५





Link