24
Jun
जनवादी गणतन्त्र चीनका लागि नव नियुक्त महामहिम राजदुतको स्वागत तथा बधाई
नेपाल सरकारबाट जनवादी गण्तन्त्र चीनका लागि नवनियुक्त राजदुत श्री विष्णु पुकार श्रेष्ठज्यूलाई नेपाल हस्तकला महासंघमा मिति २०७९ आषाढ ९ गते विहिवार स्वागत तथा बधाई
ज्ञापन कार्यक्रम आयोजना गरिएको छ ।
मुख्यतः विश्व शक्ति राष्ट्र चीन नेपाली हस्तकलाको लागि ठूलो बजार हुन सक्ने अवस्थामा नेपाल र चीन बिचको ब्यापारमा रहेका विद्यमान समस्याहरुलाई क्रमिक रुपले समाधान गर्दै लानको लागि चाल्नुपर्ने आवश्यक कदमहरुको बारेमा अन्तरक्रियात्मक छलफल गरिएको थियो ।
नव नियुक्त राजदुत श्री विष्णु पुकार श्रेष्ठज्यूबाट नेपाल सरकार, चिनिया सरकार, उद्यमी, व्यवसायी लगायत सबै सरोकारवालाहरुको साथ सहयोगमा व्यापार सहजिकरणको लागि अधिकतम कार्य गर्ने आश्वासन दिनु भयो ।
Link