१६ औं हस्तकला प्रतियोगिता । (जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी)
हस्तकला बिधामा संलग्न कलाकार/हस्तकलाकर्मीहरुको प्रतिभा पहिचान गर्ने एवं नयाँ पुस्तालाई हस्तकला क्षेत्र प्रति आकर्षित गर्ने उद्देश्यले २०७८ मंसिर ०३ देखि ०५ गते (19th to 21th November 2021) सम्म नेपाल हस्तकला महासंघद्वारा आयोजना गरिने १८ औं हस्तकला व्यापार मेलाको अवसरमा १६औं हस्तकला प्रतियोगिता (जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी) परम्परागत विधा तर्फ "जडाउ ज्या" (Filigree) एवं समसामयिक विधा तर्फ “प्राकृतिक रेशा” (Natural Fiber) मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी (Live Demonstration) गरी १६औ हस्तकला प्रतियोगिता संचालन गरिने कार्यक्रम रहेको व्यहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउँदछौं ।
प्रतियोगिता सम्वन्धी विवरण : “परम्परागत विधा”
प्रतियोगिता हुने बिधा : "जडाउ ज्या" (Filigree)
प्रतियोगिताको स्वरुप : जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शन (Live Demonstration)
कलाकृति संख्या : प्रति प्रतियोगी १ कलाकृति ।
अवधि : ४ दिन मात्र ।
स्थान : होटल हायात रिजेन्सी, बौंद्ध, काठमाडौं ।
सहभागी संख्या : १५ देखि २० जना ।
पुरस्कार : प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कार
प्रथम-रु.५०,०००।०० (रु.पचास हजार),
द्वितीय-रु.३०,०००।० (रु.तीस हजार) र
तृतीय-२०,०००।०० (रु.बीस हजार) तथा प्रमाण पत्र र प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरुलाई प्रमाण पत्र प्रदान गरिने छ ।
(उक्त रकममा प्रचलित नियमानुसार कर कट्टा गरिने छ ।)
सहभागी शुल्क : रु.८००/- प्रति व्यक्ति (सदस्य) रु.१०००/- प्रति ब्यक्ति (गैर सदस्य)
आवश्यक सामग्री : सहभागी स्वयंले व्यवस्था गर्नु पर्ने ।
दर्ता गर्ने अन्तिम मिति : २०७८ कार्तिक १५ गते सोमबार दिनको ५ः०० बजे सम्म ।
“समसामयिक विधा“
प्रतियोगिता हुने बिधा : “प्राकृतिक रेशा” (Natural Fiber)
प्रतियोगिताको स्वरुप : जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शन (Live Demonstration)
कलाकृति संख्या : प्रति प्रतियोगी १ कलाकृति ।
अवधि : ४ दिन मात्र ।
स्थान : होटल हायात रिजेन्सी, बौंद्ध, काठमाडौं ।
सहभागी संख्या : १५ देखि २० जना ।
पुरस्कार : प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कार
प्रथम-रु.५०,०००/०० (रु.पचास हजार),
द्वितीय-रु.३०,०००/०० (रु.तीस हजार) र
तृतीय-२०,०००/०० (रु.बीस हजार) तथा प्रमाण पत्र र प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरुलाई प्रमाण पत्र प्रदान गरिने छ ।
(उक्त रकममा प्रचलित नियमानुसार कर कट्टा गरिने छ ।)
सहभागी शुल्क : रु.८००/- प्रति व्यक्ति (सदस्य) रु.१०००/- प्रति ब्यक्ति (गैर सदस्य)
आवश्यक सामग्री : सहभागी स्वयंले व्यवस्था गर्नु पर्ने ।
दर्ता गर्ने अन्तिम मिति: २०७८ कार्तिक १५ गते सोमबार दिनको ५ः०० बजे सम्म ।
अतःउल्लेखित प्रतियोगितामा सहभागी हुन इच्छुक परम्परागत विधा "जडाउ ज्या" (Filigree) र समसामयिक विधा “प्राकृतिक रेशा” (Natural Fiber) मा संलग्न कलाकारहरुले २०७८ कार्तिक १५ गते सोमबार दिनको ५ः०० बजे भित्र महासंघद्वारा उपलब्ध गराईने फाराम भरी बुझाउनु पर्ने ब्यहोरा अनुरोध गर्दछु ।
बोधार्थः
श्री अध्यक्षज्यू,
श्री पदाधिकारीज्यूहरु तथा
श्री का.स.सदस्यज्यूहरु, ने.ह.महासंघ
सम्पर्क व्यक्ति :
श्री प्रतिशरा मानन्धर-सचिव
१६ औं हस्तकला प्रतियोगिता समिति